१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एक महिलाको मृत्यु



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए ।

जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।