३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरि ढकालले सुमनालाई लक्षित गर्दै दिएको अभिव्यक्ति फिर्ता लिए



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफूबाट भावावेशमा गलत अभिव्यक्ति भएको स्वीकार्दै आत्मालोचना र क्षमायाचना गरेका हुन् ।

केही दिनअघि रास्वपाको बैठकमा सुमनाले सभापति रवि लामिछानेको रिहाइबारे प्रश्न उठाउँदा ढकालले ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गर्दै कडा टिप्पणी गरेका थिए । सुमनाले तीन दिनअघि पार्टी परित्याग गरेपछि ढकालको उक्त अभिव्यक्ति पार्टीभित्र विवादको विषय बनेको थियो ।

बैठकले असोज २ गतेदेखि पार्टी गतिविधि नियमित सुचारु गर्ने र आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको सफाइ तथा पुनर्निर्माणमा सघाउने निर्णय पनि गरेको छ ।