१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले बन्द गर्यो ग्रिन कार्ड



अ+ अ-

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्मका लागि बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने गरी सो काडै प्रणालीलई अहिले बन्द गरिएको जानकारी दिएका थिए । तर, यसविषयमा सो ट्वीटमा भने थप केही व्याख्या गरिएको थिएन ।

मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेक छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् । उनले त्यसपछिका लागि पनि यो प्रणाली नै बन्द गर्न चाहेका छन् । उनी आफू पदमा आएदेखि नै आप्रवासी विरोधी कानुनमा जोड दिइ आएका छन् ।

उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’
अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

अमेरिकामा अहिले कोरोनाका कारणले धेरै अमेरिकी बेरोजगार भएको बताएका छन् । त्यहाँका लाखौँ नागरिकले बेरोजगारी फारम भरेका छन् । ग्रिनकार्डवालाहरुले त्यहाँ पुगपछि जागिर खोज्ने तर अमेरिकी नागरिक नै अहिले बेरोजगार बनेकोले राष्ट्रपति ट्रम्पले यो कानुन ल्याएका हुन् ।