२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले बन्द गर्यो ग्रिन कार्ड



अ+ अ-

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्मका लागि बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने गरी सो काडै प्रणालीलई अहिले बन्द गरिएको जानकारी दिएका थिए । तर, यसविषयमा सो ट्वीटमा भने थप केही व्याख्या गरिएको थिएन ।

मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेक छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् । उनले त्यसपछिका लागि पनि यो प्रणाली नै बन्द गर्न चाहेका छन् । उनी आफू पदमा आएदेखि नै आप्रवासी विरोधी कानुनमा जोड दिइ आएका छन् ।

उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’
अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

अमेरिकामा अहिले कोरोनाका कारणले धेरै अमेरिकी बेरोजगार भएको बताएका छन् । त्यहाँका लाखौँ नागरिकले बेरोजगारी फारम भरेका छन् । ग्रिनकार्डवालाहरुले त्यहाँ पुगपछि जागिर खोज्ने तर अमेरिकी नागरिक नै अहिले बेरोजगार बनेकोले राष्ट्रपति ट्रम्पले यो कानुन ल्याएका हुन् ।