२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहतमा कुहिएको दाल बाँड्ने मेयर यादवलाई अनुसन्धान गर्न ६ दिन म्याद थप



अ+ अ-

काठमाडौं । बारा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ । राहतमा कुहिएको दाल बाँडेको आरोपमा मेयर यादव पक्राउ परेका थिएस ।

थप अनुसन्धान गर्न आवश्यक रहेको भन्दै प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो ।मेयर यादव सहित सोही प्रकरणमा पक्राउ परेका वडाध्यक्षहरु सहित ११ लाई म्याद थप गरि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

कुहेको खाद्यान्न वितरणमा संलग्न कलैया उपमहानगरपालिकाका ५ जना वडाअध्यक्ष सहित २ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।