१४ भाद्र २०८३, आईतवार
,
Latest
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।

बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताउनु भयो ।

पुराना पार्टीहरुमा अझै पनि पुराना नेताहरुकै उकुसमुकुस रहेको बताउनु भयो । आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहनुभएका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरु चाहिन्छन् । पुराना दलहरु काँग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरुको पुनः संरचना हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो । त्यहाँका नेताहरुको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुन्छ । त्यसो हुनसक्यो । जेन जी भन्ने २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव छ । कहिले कहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले शतर्क गराउँदै आएको पनि छु ।’

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।