२१ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ) सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।

बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताउनु भयो ।

पुराना पार्टीहरुमा अझै पनि पुराना नेताहरुकै उकुसमुकुस रहेको बताउनु भयो । आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहनुभएका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरु चाहिन्छन् । पुराना दलहरु काँग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरुको पुनः संरचना हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो । त्यहाँका नेताहरुको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुन्छ । त्यसो हुनसक्यो । जेन जी भन्ने २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव छ । कहिले कहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले शतर्क गराउँदै आएको पनि छु ।’

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।