३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

जेन–जी आन्दोलनको मौका छोपेर गरिएको विध्वंसपछि उठ्दै सञ्चार क्षेत्र

जेन–जी आन्दोलनको मौका छोपेर गरिएको विध्वंसपछि उठ्दै सञ्चार क्षेत्र
अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते सञ्चार क्षेत्रमाथि विध्वंस सिर्जना गर्ने काम भयो । जेन–जीका नाममा घुसपैठ गरेर सञ्चारमाध्यममाथि धाबा बोलिएको थियो । अहिले अन्तरिम सरकार गठन भएसँगै विध्वंसमा परेका सञ्चार संस्थाहरु विस्तारै उठ्न थालेका छन् ।

आन्दोलनको पहिलो दिन पाँच पत्रकार घाइते भए भएका थिए भने एउटा सञ्चार गृहमाथि तोडफोड भयो । बानेश्वरस्थित थाहा खबरको कार्यालयमा तोडफोड भएको थियो । नेपाल पत्रकार महासंघका अनुसार सो दिन प्रदर्शनका क्रममा एक मात्रै सञ्चार गृहमा तोडफोड भएको हो ।

तर आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते सञ्चार गृहहरूले ठूलो क्षति बेहोर्नुपर्‍यो । पत्रकार महासंघका अनुसार राजधानीका प्रमुख सञ्चारमाध्यमसहित धेरै दर्जनौँ सञ्चारगृहमा आगलागी र तोडफोड भएको हो ।

सिंहदरबारमै रहेको सार्वजनिक प्रसारण सेवा (पीएसबी)को कार्यालयमा तोडफोड र आगजनी भएको छ । सार्वजनिक प्रसारण सेवाअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालन हुँदै आएका छन् । कार्यालयमा तोडफोडकाबीच रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रसारण गरेको छ ।

त्यस्तै, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्समा आगजनी र तोडफोड भएको छ । तोडफोडका कारण कान्तिपुरको अनलाइन संस्करण (ईकान्तिपुर) केही दिन बन्द भएको थियो तर दैनिक पत्रिकाले प्रकाशन रोकेन ।

रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनकै तीनकुनेस्थित कार्यालयमा पनि आगजनी भयो । आगजनीका कारण कान्तिपुर टेलिभिजन र रेडियो केही दिन प्रसारणमा अवरुद्ध भए पनि टेलिभिजनले शुक्रबारदेखि प्रसारण सुरु गरेको छ ।

तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनी भएको हो । महाराजगञ्जस्थित न्युज–२४ टेलिभिजनको सवारीमाथि आगजनी र लाइभ डिभाइसहरू तोडफोड भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार राजधानी बाहिरका अन्य सञ्चार गृहमा पनि तोडफोड र आगजनी भएका छन् । इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड भएको हो । चितवनका तीन सञ्चारगृहमाथि तोडफोड र आगजनी भएका छन् । चितवनस्थित कालिका एफएम, सफल खबर डटकम र चुरे सन्देश गरी तीन सञ्चार गृहमा तोडफोड र आगजनी भएको हो ।

यीसँगै अन्य सामुदायिक रेडियोमा पनि देशका विभिन्न सामुदायिक रेडियोहरूमा पनि क्षति पुगेको सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब)ले जनाएको छ । एकोर्‍याबका अनुसार बुटवलको रेडियो जागरणको भवनमा तोडफोड भएको छ । त्यस्तै, दार्चुलास्थित लेकम गाउँपालिकामा सञ्चालित रेडियो लोकदर्पणको कार्यालयमा तोडफोड भएको छ ।

तोडफोड र आगजनीपछि केही दिन प्रकाशन प्रशारण बन्द गरेका सञ्चार संस्था अहिले लयमा फर्किन थालेका छन् । विस्तारै आफ्ना प्रकाशन–प्रशारण नियमित भएका छन् । तर पनि ती संस्थामा भएको भौतिक क्षतिको विवरण संकलन हुने क्रम जारी छ ।

सञ्चारमाध्यममाथि तोडफोड र आगजनी गर्ने मात्र भएन, सञ्चारकर्मीमाथि पनि ज्यातती भयो । कतिपय सञ्चारकर्मी अझै कार्यस्थलमा फर्कन सकेका छैनन् ।

पत्रकार महासंघका अनुसार रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि हातपात र आगजनीसँगै सामान तोडफोड गरेका हुन् ।

सर्लाही मंलगवामा रिपोर्टिङ गर्न पुगेका मेरो शान टिभीका पत्रकार राजिव साहलाई आन्दोलनकारीले हातपात गरेका थिए ।

भक्तपुर सूर्यविनायक चोकमा भादगाउँ टेलिभिजनका पत्रकार तुलसीकुमार त्वायनालाई आन्दोलनकारीले आक्रमण गरेको छ । भक्तपुरमै नागरिक दैनिकका पत्रकार कृष्ण केसीले खिचेको भिडियो र फोटो सुरक्षाकर्मीले डिलिट गर्न लगाएको महासंघले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुदर्शन आचार्यमाथि पनि आक्रमण भएको छ । भक्तपुरकै पत्रकार केशव तिमिल्सिनामाथि पनि दुव्र्यवहार भएको हो ।

रिपोर्टिङमा गएका कतिपय पत्रकारहरूको सवारी र क्यामेरामाथि आगजनी पनि भएका छन् । पत्रकार महासंघका अनुसार बाँके कोहलपुरमा रिपोर्टिङ गर्न पुगेका संवेगन्यूज डटकमका पत्रकार नीरज निश्चललाई आन्दोलनकारीले हातपात गरेर क्यामरा खोसेर जलाएका छन् ।

त्यस्तै कैलालीको धनगढीस्थित सीटीभीटी चोकमा आन्दोलनकारीले पत्रकार दीपेन्द्र भट्टलाई दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलमाथि आगजनी गरेको महासंघले जनाएको छ ।

कान्तिपुर टेलिभिजनका भिडियोग्राफर श्याम श्रेष्ठ पनि घाइते भएका छन् । पत्रकार श्रेष्ठ घाइतेहरूको फुटेज खिच्दै थिए । अचानक प्रहरीले गोली चलायो । उनी सुरक्षित हुन त्यहाँबाट भागे । भाग्दाभाग्दै उनको बायाँ पाखुरालाई गोलीले छुन पुग्यो ।

कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेल, नायब समाचार प्रमुख रुपेश श्रेष्ठ र संवाददाता नारायण किलम्बु घाइते भएका छन् । स्टुडियोमा बसेर समाचार प्रसारण गरिरहेका उनीहरूमाथि प्रदर्शनकारीले नियोजित रूपमा हमला गरेको हो ।

सोही आक्रमणमा रेडियो कान्तिपुरका पत्रकार अनिल बोगटीमाथि पनि भीडले प्रहार गरेको थियो । रिपोर्टिङको क्रममा क्यामरापर्सन मुरारी घिमिरे माथि हातपात र दुव्र्यवहार भएको थियो ।

अर्का फोटो पत्रकार उमेश कार्की पनि घाइते छन् । उनलाई पनि पाखुरामा गोलीको छर्रा लागेको हो ।

त्यही दिन फोटो पत्रकार वर्षा शाहलाई पनि चोट लागेको छ ।

जेन–जी प्रदर्शनका क्रममा हालसम्म विभिन्न स्थानमा गरी ७३ जनाको मृत्यु भइसकेको छ । देशको प्रमुख सार्वजनिक सम्पत्तिहरूमाथि आगलागी भएका छन् । विभिन्न सरकारी कार्यालयहरू क्षतविक्षत भएका छन् । त्यही प्रदर्शनको भूमरीमा परेको सञ्चार क्षेत्र भने विस्तारै लयमा फर्कंदै छ । तर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा ल्याउने काम कहिले हुन्छ ? आम जनताको प्रश्न छ ?