१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपीमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उहाँहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुने एसपीमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुँवेर कठायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण थापा र नवराज भट्ट रहेका छन् ।

यस्तै लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह, चन्द्रबहादुर कुवेरलाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव रहेको सिफारिस समिति छ ।