४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी



अ+ अ-

सुर्खेत। ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

आन्दोलनमा पाँचवटा सङ्घीय कार्यालय, सात प्रादेशिक कार्यालय, १७ जिल्ला तथा स्थानीय कार्यालय, १२ पार्टी कार्यालय, आठ वटा व्यक्तिगत तथा निजी घर र तीन वटा अन्य सङ्घसंस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरी क्षति पुगेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै क्षति सुर्खेतमा भएको छ । सुुर्खेतमा २६ वटा सरकारी, निजी तथा पार्टी कार्यालयमा क्षति पु¥याएको छभने जुम्लामा छ वटा र मुगुमा दुईवटा भौतिक संरचनामा आगजनी तथा तोडफोड गरिएको छ ।

सुर्खेतमा कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवनलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको छ । यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा कार्यालयमा पनि क्षति पुर्याइएको छ ।

यस्तै, मुख्य राजनीतिक दलका पार्टी कार्यालयसहित पार्टी नेताहरूका निजी घरमा समेत आगजनी भएको छ । यहाँ १९ वटा सरकारी गाडी र १९ वटा मोटरसाइकलमा आगजनी भएको प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेले दुई वटा निजी गाडी र पाँच वटा निजी मोटरसाइकलमा समेत आगजनी भएको तथ्याङ्क प्राप्त गरिएको जानकारी दिनुभयो । प्रदर्शनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेका छन् ।

अन्य जिल्लामा समेत क्षतिको विवरण सङ्कलन भइरहेकाले सबै विवरण प्राप्त पछि सार्वजनिक गरिने प्रवक्ता घिमिरेले बताउनुभयो । आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूको खोजी कार्य पनि सँगसँगै अगाडि बढेको उहाँले जानकारी दिनुभयो । रासस