६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चोरी तथा लुटिएका सुनचाँदी बजारमा आउनसक्छ, विशेष सतर्कता अपनाउनुहोस्

चोरी तथा लुटिएका सुनचाँदी बजारमा आउनसक्छ, विशेष सतर्कता अपनाउनुहोस्
अ+ अ-

काठमाडौँ। सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका सुनचाँदी बिक्रीका लागि पसलमा आउनसक्ने भन्दै विशेष सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार सबैलाई आग्रह गरेको हो ।

महासचिव विश्वकर्माले चोरी वा लुटपाट भएका सुनचाँदीसमेत बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्दा ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, बहुमूल्य गरगहनाको सुरक्षाका लागि सिसी टिभी, अर्लाम वा अन्य उपकरणको व्यवस्था मिलाउन, भीडभाडलाई नियन्त्रणमा राख्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन महासङ्घले व्यवसायीलाई भनेको छ  ।

महासङ्घले आगामी चाडपर्वलाई ध्यानमा राख्दै व्यवसाय सुरक्षित सञ्चालन गर्न स्थानीय सरकार तथा नजिकको प्रहरीसँग निरन्तर समन्वयमा रहन व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । रासस