३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा आजदेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा



अ+ अ-

पर्सा। वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सोमबारदेखि  कात्तिक १० गतेसम्म वीरगञ्जमा सहुलियत दरको पसल सञ्चालन गरिने जानकारी दिनुभयो । “दसैँदेखि छठपर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम रु दुई छुट दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ ।” ग्राहकले प्रतिकिलोग्राम नुन रु २४ लाग्नेछ ।

त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ ।

पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई रु २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई रु १४५० मूल्य तोकिएको छ ।रासस