१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे मानव अधिकार आयोगको चासो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले आज प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी देशको हालको राजनीतिक र सुरक्षा परिस्थितिबारे छलफल गरेका छन् ।

आयोगले नेपाली सेनाको संरक्षकत्वमा रहेका व्यक्तिहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिँदै आएको छ ।

यस क्रममा, आयोगका टोलीहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, मृतकका परिवार, घटनाका घाइते तथा अन्य प्रभावितहरूसँग नियमित अनुगमन र संवाद गर्दै आएको जनाएको छ ।

भेटमा दुवै पक्षबीच हालको संवेदनशील परिस्थिति, शान्ति–सुरक्षा र सेनाको संरक्षकत्वमा रहेका व्यक्तिहरूको अवस्थाबारे विस्तृत विचार–विमर्श भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सेनाले शान्ति, सुरक्षा, मानव अधिकार र विधिको शासनलाई प्रवर्द्धन गर्दै लोकतान्त्रिक मूल्य र अधिकारको सम्मान गर्दै अघि बढ्ने विश्वास आयोगले व्यक्त गरेको जानकारी दिए ।