५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुवाँले सुकाइएका शव ‘विश्वकै सबैभन्दा पुराना ममी’ हुनसक्नेः अध्ययन



अ+ अ-

एजेन्सी । चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजहरूले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ । यसरी गरिएको संरक्षण प्रक्रिया इजिप्टका ममीहरू भन्दा हजारौँ वर्ष अघिदेखि प्रभावकारी रूपमा प्रयोग भएको पत्ता लागेको हो ।

प्राचीन इजिप्टका पट्टीले बेरेका शवहरू करिब चार हजार पाँच सय वर्ष पुराना भए पनि ममीकरणको अघिल्लो प्राचीन उदाहरणहरू चिलीका अटाकामा तटवर्ती समाजबाट आएका थिए । त्यहाँ सुक्खा हावाले शवहरू स्वाभाविक रूपमा सुकाउने गथ्र्यो ।

तर चीन, भियतनाम, फिलिपिन्स, लाओस, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाजस्ता आद्र्र क्षेत्रका चिहानमा भेटिएका शवहरूमा अनुसन्धानकर्ताले असामान्य विकृति देखे । अवशेषहरूमा जलेका निशान भेटिए पनि दाहसंस्कारसँग मेल खाँदैनथे । शवहरूमा नरम तन्तु हराइसकेको देखिनु, वास्तवमा धुवाँले सुकाइएका ममीहरूको परिणाम हुन सक्ने निष्कर्षमा उनीहरू पुगे ।

वैज्ञानिकहरूले जापानका प्राचीन स्थलहरूका नमूनासँग तुलना गर्दा, हड्डीमा कम तापक्रमको असर भेटियो, जसले शव दाहसंस्कार नभई संरक्षण गर्ने उद्देश्य प्रष्ट ग¥यो । केही नमूना १० हजार वर्षभन्दा पुराना थिए, जसले ममीकरण अभ्यास पहिले सोचिएभन्दा हजारौँ वर्ष अघिदेखि प्रचलनमा रहेको देखायो ।

“यो ठूलो आश्चर्य थियो”, अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता सियाओ–चुन हङले भन्नुभयो, “यति पुराना हड्डीमा यस्तो परम्पराको प्रमाण भेटिनु उल्लेखनीय छ । यसले प्राचीन मानिसहरूको अभ्यासलाई आजसम्म जीवित केही संस्कृतिसँग जोड्छ ।”

अनुसन्धानकर्ताले धुवाँ उष्णकटिबन्धीय जलवायुमै शव संरक्षणको सबैभन्दा प्रभावकारी विधि भएको मात्र नभई, सांस्कृतिक महत्त्वसमेत भएको निष्कर्ष निकाले । इन्डोनेसिया र अस्ट्रेलियाका समाजहरूमा अझै पनि शवलाई बाँधेर निरन्तर जलिरहेको आगोमाथि महिनौँसम्म राख्ने चलन छ ।

यसले आफन्तलाई मृतकसँग निरन्तर सम्पर्कमा राख्ने मात्र नभई, आत्मा दिनमा स्वतन्त्र रूपमा घुम्ने र रातमा शरीरमा फर्कने विश्वास पनि दिलाउँथ्यो ।

“मलाई लाग्छ, यसले गहिरो मानवीय भाव व्यक्त गर्छ—हाम्रा प्रियजनहरू सधैँ हाम्रो साथमै रहने कालातीत इच्छा”, हङले एएफपीसँग भन्नुभयो ।

अनुसन्धानकर्ताले यो अभ्यास प्राचीन एसियाली सभ्यतामा व्यापक हुन सक्ने अनुमान गरेका छन् । प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा सोमबार प्रकाशित अध्ययनमा उनीहरूले लेखेका छन्, “यो परम्परा विशाल क्षेत्रका सिकार–सङ्कलक समाजहरूमा धेरै सहस्राब्दीदेखि परिचित हुन सक्ने सङ्केत गर्छ ।”