२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरको टोकाइबाट दुर्लभ रतुवा मृत्यु



अ+ अ-

दाङ । दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ । जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलबार घरपालुवा कुकरले टोक्दा घाइते भएको थियो ।
रतुवा उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिनुभयो ।

‘रातेबाख्री’ करीब १८ किलोको थियो । उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो जनावर जिल्लामा अहिले लोप हुँदै गएको छ । शाकाहारी तथा स्तनधारी रतुवा कुनै समय जिल्लाका वनमा प्रशस्त पाइन्थ्यो । यसको आयु १६ देखि २० वर्षसम्म रहने गरेको बताइएको छ ।