२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनबाट जोगिएका थापाथलीका शोरुम चलायमान हुने कोशिसमा



अ+ अ-

काठमाडौं । जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् ।

दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले यहाँको केही शोरुमहरुमा आगजानी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए ।

प्रदर्शनकारीको निशानामा यहाँका सिजी मोर्टस, सिप्रदी, हुण्डाई र महिन्द्राका शोरुम परेका थिए । गाडीका शोरुमहरूमा करोडौंको क्षति भएको छ ।

एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका सोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिएका छन् । यी जोगिएका शोरुमहरु फेरि चलयामान हुने कोशिस गरिरहेका छन् । यी कम्पनीले नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न अफरहरु समेत सार्वजानिक गरेका छन् ।