१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना भाइरस फैलाएको भन्दै चीनविरूद्ध मुद्धा



अ+ अ-

काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गरेका छन्। मंगलबार अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले चीनविरूद्ध मुद्दा दर्ता गरेका हुन्।

पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्। मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।

महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।

‘चिनियाँ अधिकारीबाट भएको छल, ढाकछेप, असक्रियता एवम् कोरोनासम्बन्धी सूचना लुकाउने कुकर्मले महामारी ल्याएको’ उजुरीमा उल्लेख छ।

उजुरीमा चीनसँग माग्नु पर्ने क्षतिको रकम भने उल्लेख गरिएको छैन्।

चिनियाँ स्वास्थ्य अधिकारीले डिसेम्बरको अन्त्यमा नै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण पाएको भए पनि जनवरी २० सम्म त्यसलाई लुकाएको उनको आरोप छ।

कोभिड-१९ नाम दिइएको कोरोना भाइरसबाट हालसम्म संसारमा २५ लाख बढी मानिसहरू संक्रमित भइसकेका छन् भने १ लाख ७४ हजार मानिसहरूको ज्यान गइसकेको छ।