२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउन जारि भएको ३० औ दिन, संक्रमितको संख्या ४२ पुग्यो



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेको ३० दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ ।

लकडाउनबाट दैनिक जीवन प्रभावित भएको छ । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर असर परेको छ । अत्यावस्यक काम र सेवाका लागि मात्र सडकमा आउन सरकारले पासको व्यवस्था गरेको छ । त्यसैले बुधबार पनि काठमाडौंका सडकमा अत्यावस्यक काम र सेवाका सवारीसाधनहरु मात्र चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउनको पालना पूर्णरुपमा भएको देखिन्छ । यस्तै अत्यावस्यक सामग्री खरिदका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुग्ने गरेका छन् । यस्तै अत्यावश्यक खाद्य सामग्री विक्री गर्ने पसलहरु दिउसोको समयमा समेत खुलेको देखिन्छ ।

सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । ससरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४२ पुगेको छ । यस्तै ४ जनालाई निको भइसकेको छ । अहिले सम्म ८ हजार ७ सय ७३ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । ८ हजार ७ सय ३१ जनामा कुनैपनि संक्रमण देखिएको छैन् । यस्तै पछिल्लो समय १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।