१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान पुगेर किन धुरुधुरु रोए हर्क साम्पाङ ?



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धरानमा आयोजित पत्रकार भेटघाटमा भक्कानिएका छन् ।

प्रधानमन्त्री बन्ने उद्देश्यसहित काठमाडौं गएर रित्तो हात फर्किएका उनले विदेशी शक्तिले देश ‘टेकओभर’ गर्ने सम्भावना बढेको बताए ।

भक्कानिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्नसक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’

साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्रालयको प्रस्ताव आए पनि नस्वीकारेको उल्लेख गरे । नेताहरू लुकेर बसेको समयमा देश जोगाउन आगोमा हाम्फाल्ने निर्णय गरेर काठमाडौं गएको उनको भनाइ छ । उनले अगाडि भने, ‘मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ तपाईँहरू‘ म जतिको हिम्मतिलो मान्छे यो देशमा कोही पनि छैन ।’

प्रधानमन्त्री नियुक्तिबारे धेरै छलफल भए पनि सहमति नजुटेको र ‘मिनिस्टर हुनलाई सहमति र ढोग चाहिन्छ’ भन्ने सन्देश पाएको बताए। धरानको मेयर पद आन्दोलन र परिश्रमबाट पाएको भन्दै उनले आफूलाई हिम्मत हारेको नठान्न आग्रह गरे ।

साथै, उनले सरकार गठनमा “एकजना गेमर” संलग्न रहेको दाबी गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाए । जेनजी आन्दोलनमा सहभागीहरूलाई अपराधी ठहर्याइँदा सरकार र गृहमन्त्रालयले जिम्मेवारी लिनुपर्ने पनि उनको भनाइ छ ।