२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान पुगेर किन धुरुधुरु रोए हर्क साम्पाङ ?



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धरानमा आयोजित पत्रकार भेटघाटमा भक्कानिएका छन् ।

प्रधानमन्त्री बन्ने उद्देश्यसहित काठमाडौं गएर रित्तो हात फर्किएका उनले विदेशी शक्तिले देश ‘टेकओभर’ गर्ने सम्भावना बढेको बताए ।

भक्कानिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्नसक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’

साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्रालयको प्रस्ताव आए पनि नस्वीकारेको उल्लेख गरे । नेताहरू लुकेर बसेको समयमा देश जोगाउन आगोमा हाम्फाल्ने निर्णय गरेर काठमाडौं गएको उनको भनाइ छ । उनले अगाडि भने, ‘मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ तपाईँहरू‘ म जतिको हिम्मतिलो मान्छे यो देशमा कोही पनि छैन ।’

प्रधानमन्त्री नियुक्तिबारे धेरै छलफल भए पनि सहमति नजुटेको र ‘मिनिस्टर हुनलाई सहमति र ढोग चाहिन्छ’ भन्ने सन्देश पाएको बताए। धरानको मेयर पद आन्दोलन र परिश्रमबाट पाएको भन्दै उनले आफूलाई हिम्मत हारेको नठान्न आग्रह गरे ।

साथै, उनले सरकार गठनमा “एकजना गेमर” संलग्न रहेको दाबी गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाए । जेनजी आन्दोलनमा सहभागीहरूलाई अपराधी ठहर्याइँदा सरकार र गृहमन्त्रालयले जिम्मेवारी लिनुपर्ने पनि उनको भनाइ छ ।