१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई भारतले सहयोगस्वरुप २३ टन औषधि उपलब्ध गरायो



अ+ अ-

काठमाडौं । नेपाल सरकारलाई भारतले सहयोगस्वरुप १८ थरीका २३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनय क्वात्राले ती सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

विश्वव्यापी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेकोमा स्वास्थ्यमन्त्री ढकालले धन्यवाद दिए। नेपालमा वर्षा सुरु हुन लागेकोले त्यो अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने मन्त्री ढकालले बताए।

‘भारत आफैँ कोरोनाको संक्रमणसँग जुधिरहेको बेला नेपाललाई औषधि दिएर सहयोग गरेकोमा धन्यवाद,’ उनले भने, ‘वर्षा लाग्दैछ, त्यस्तो बेलामा महामारी फैलन सक्छ, त्यसअघि नै दोस्रो लटको औषधि पाए हामीलाई सजिलो हुन्थ्यो।’

राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समयपछि आउने बताउदै नेपालले कोरोनाको संक्रमण रोकेकोमा प्रशंसा गरे।

‘क्वत्राले भने, कोरोना नियन्त्रण गरेर नेपालले दक्षिण एसियामा उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने।