२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो



अ+ अ-

काठमाडौं । उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

‘बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, प्रवक्ता देवकोटाले भने, ‘यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।’ उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।