२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन दुई जनाले जिते कोरोना



अ+ अ-

धनगढी । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० बर्षीय ईन्द्रबहादुर बिकको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरिएको हो ।

यसअघि सुदूरपश्चिममा कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाही निको भएर घर फर्किएका हुन् भने कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय ईन्द्रबहादुर बिक बुधवार घर फर्केका हुन् ।

अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।

यस्तै राजधानीको नेपालका तेस्रो संक्रमित टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक निको भएर घर फर्किएका छन्। उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।