२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ६४५ को मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । बुधबार २० हजार १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी यहाँ मृतकको संख्या ६ सय ४५ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ।

योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ। मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्। यता गएको २४ घन्टाभित्र मात्र भारतमा ५० जनाको ज्यान गएको बताइएको छ ।

एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो। यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए। मंगलबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन्। महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन्।

त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित भेटिएका छन्। राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन्।