१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ६४५ को मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । बुधबार २० हजार १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी यहाँ मृतकको संख्या ६ सय ४५ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ।

योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ। मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्। यता गएको २४ घन्टाभित्र मात्र भारतमा ५० जनाको ज्यान गएको बताइएको छ ।

एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो। यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए। मंगलबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन्। महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन्।

त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित भेटिएका छन्। राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन्।