काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदबारमा केही बेरअघिदेखि बैठक सुरु भएको हो ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् बिस्तार गरेका थिए । कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।











