२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग



अ+ अ-

काठमाडौँ । जेनजी प्रदर्शनमा देशका कैयौँ सर्वोच्च कार्यालयहरु प्रदर्शनकारीको आगलागीबाट ध्वस्त हुने पुगे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि जोगिन सकेन । पूर्ण रुपमा जलेर सबैभन्दा बढी क्षति पुग्ने मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पनि पर्दछ ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एक टेकुस्थित स्वास्थ्य सेवा विभाग भने हमला हुनबाट जोगिन पुग्यो । कार्यालयका नियमित काम हिजोदेखि सुरु भइसकेका छन् ।

विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटीले प्रदर्शनमा विभाग भने जोगिन सफल रहेको बताउनुभयो । यद्यपि स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन् । उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा रहेका छन् ।

विभागमा क्षति नपुगे पनि ३० वटा नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको डा बाराकोटीले जानकारी गराउनुभयो । “हालसम्मको सङ्कलित विवरणअनुसार कुनै पूर्ण रुपमा क्षति पुगेका छन् कुनै आंशिक रुपमा क्षति पुगेका छन् । थप क्षतिको विवरण सङ्कलन गर्दैछौँ । त्यहाँ रहेका खोपका फ्रिजहरुमा क्षति पुगेको छ,” उहाँले भन्नुभयो ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट उल्लेखनीय क्षति पुगेको छ । स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएका छन् । पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार हालसम्म १९ वटा खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ र यो सङ्ख्या बढी हुन सक्ने र क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय जलाउँदा सँगैको स्वास्थ्य संस्था पनि परेका रहेछन् । खोप भण्डारण कक्षमा क्षति पुगेको छ । खोप कार्यक्रममा प्रभाव परेको छैन । सेवा दिन प्रयासरत छौँ । कामलाई निरन्तरता दिइरहेका छौँ ।”




भर्खरै