१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट ५ सय १ जना ११ वटा सवारी साधनको प्रयोग गरी अर्घाखाँची भित्रिए



अ+ अ-

अर्घाखाँची । काठमाडौंबाट बुधबार एकैपटकमा ५ सय १ जना ११ वटा सवारी साधनको प्रयोग गरी अर्घाखाँची आएका जिल्लावासीलाई स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइनमा आवश्यक व्यवस्थापन गरी राख्ने निर्णय भएको छ । विपत् व्यवस्थापन तथा कोभिड–९ को रोकथाम नियन्त्रण तथा उपचार विशेष समितिको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललेको अध्यक्षतमा बसेको बैठकले यस्तो निर्णय गरको हो ।

कोरोना संक्रमणको बढ्न सक्ने सम्भावना र जोखिम हुने भएकाले उनीहरूलाई स्थानीय तहका पालिका र वडास्तरमा निर्माण भएका क्वारेन्टाइनमा राखी वडास्तरमा रहेको क्वारेन्टाइन सञ्चालन तथा ब्यवस्थापन समितिहरूले नै उनीहरूलाई व्यवस्थापन गर्ने बताइएको छ । उनीहरू जिल्ला भित्रिएसँगै शीतगंगा नगरपालिकाको डोहोटेमा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरी प्रहरीको स्कटिङमा सन्धिखर्क ल्याई स्थानीयतहसँग समन्वय गरी क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

प्रजिअ पौडेलले भने, ‘हामी जो जहाँ छाैं, त्यही नै रहेर लक डाउनको पूर्ण पालना गरौँ, विपत्को सामना सामूहिक प्रयत्नबाट सम्भव छ, । सबै सचेत भई सरकारको मापदण्डमा रही अनुशासनपूर्वक बसौँ र अरूलाई पनि सचेत गराउऔँ ।’ यसअघि पालिकाहरूले निर्माण गरेको क्वारेन्टाइनमा पछिल्लो समय ४७ जना व्यक्तिहरू बस्दै आएको अहिले काठमाडौंबाट एकैपटक ५ सय १ जना जिल्ला आएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए । काठमाडौंबाट जिल्लामा आउने क्रम चलिरहेको छ । केही व्यक्तिहरू लक डाउनको पूर्णपालना नगरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासनले सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि सबै पालिका तथा वडाहरू कडाइपूर्वक कार्यान्वयन नगरी होम क्वारेन्टाइमा बस्न लगाइएको जनाइएको छ । सस्तो लोकप्रियताका लागि आपूmअनुकूलको काम भइरहेको देखिन्छ । यो माहामारीको उच्चजोखिमको वेलामा राजनीति गर्ने वेला होइन, सबै पक्ष जिम्मेवार बन्नुपर्छ, दूरदर्शिता र वुद्धिमतापस्र्वक काम गरिएन भने भविष्यमा ठूलो संकट आउन सक्छ । सौर्य दैनिक