१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङबाट मृत्यु भएका परिवारलाई राहत



अ+ अ-

गलकोट । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका वडा नं १३ का शङ्कर रिजालको परिवारलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपद् प्रकोप उद्धार कोषबाट बुधबार रु एक लाख राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, वडाध्यक्ष नारायण शर्मालगायतको टोली पुगेर पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो । मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आउनुभएको थियो । गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाज खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो ।