२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने भएका छन् । प्रधानमन्त्री ओलीले पार्टी भित्रकै दबाबपछि अध्यादेश फिर्ता लिन लागेका हुन्।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को १ ख मा अध्यादेशबाट आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए।

वैशाख ८ गते सरकारले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो। त्यस्तै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।