१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको सपथ साढे ११ बजे, शितल निवासमा टाँगियो टेन्ट



अ+ अ-

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथको समय तय भएको जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो साँझ तीन जना मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको बताइएको छ ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

त्यही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई मन्त्रीमा नियुक्त गरी सपथ दिलाउन लाग्नुभएको हो ।

मन्त्रीहरुको शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ ।

तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।