१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

काठमाडौँबाट अलपत्र नागरिकलाई ल्याइयो घर

काठमाडौँबाट अलपत्र नागरिकलाई ल्याइयो घर
अ अ+ अ-

धादिङ । काठमाडौँमा ज्याला मजदूरी वा विविध कारणले लकडाउनका कारण समस्यामा परेका जिल्लाका नागरिकलाई स्थानीय सरकार र प्रदेश सांसदको पहलमा घरमा ल्याइएको छ । गल्छी गाउँपालिकाले तीन सय नागरिकलाई काठमाडौँबाट ६ बसमा गाउँपालिकामा ल्याएको छ ।

वाग्मती प्रदेशसभा सदस्य जगत् सिंखडाले करीब ६ सय मानिस १४ बसमा घर ल्याउनुभएको छ । यसैगरी नेपाली काँग्रेस सभापति रमेश धमलाको पहलमा काठमाडौँमा रोकिएका मजदूरलाई आज बेलुका धादिङ्बेंसी ल्याउन लागिएको छ ।

सिद्धलेक गाउँपालिकाले काठमाडौँमा रहेर समस्यामा परेकालाई गाउँ ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । नेत्रावती डबजोङ गाउँपालिकाले काठमाडौँमा रहेकाहरुलाई तीन गाडीमार्फत गाउँ ल्याउन प्रक्रिया शुरु गरेको गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले जानकारी दिनुभयो ।
मजदूरलाई खाना र बास
भद्रकाली सामुदायिक विकास समाजले सडक तथा वडा कार्यालय बनाउन आएका अलपत्र छ मजदूरलाई खाना खुवाएर सुरक्षित राख्ने गरेको छ । सिद्धलेकस्थित पीपलटारमा रहेको वडा कार्यालय बनाउने कोहलपुरका मजदूरलाई तीन दिनदेखि भद्रकालीमा राखिएको हो । ठेकेदार भागेर पैसा नदिएपछि समस्यामा परेका तिनलाई उद्धार गरिएको समाजका कोषाध्यक्ष रामहरि थापाले जानाकरी दिनुभयो ।

दार्खाबाट आएका सात जनालाई बुधबार खाजा खुवाएर समाजले सवारी साधनमा चढाएर दाङ पठाइसकेको छ । यसअघि पृथ्वीराजमार्गको ग्याबिन वाल लगाउँदै आएका १६ मजदूरलाई २५ दिनसम्म खाना खुवाएर सुरक्षित आवासमा राखिएपछि सल्यान र सुर्खेत पठाइएको थापाले जानकारी दिनुभयो ।
खरीदबिक्री समय निर्धारण

धादिङ उद्योग वाणिज्य संघले बन्द गरिएका अत्यावश्यक सामग्रीका पसल संचालनका लागि अनुरोध गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले खाद्यान्न, ग्यास, औषधि, तरकारी, फलफूल, दानालगायत पसल व्यक्तिगत सुरक्षाका उपाय अपनाएर संचालन गर्न आग्रह गरेको हो ।

बिहान ११ देखि अपराह्न ४ बजेसम्म अत्यावश्यक सामग्रीका पसल संचालन गर्न व्यवसायीलाई आग्रह गरिएको छ । यसैगरी बंैकिङ, बीमालगायत सेवासमेत सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्न आग्रह गरिएको धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको कोष स्थापना

गंगाजमुना गाउँपालिकाले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि रु रु ६० लाखको कोष स्थापना गरेको छ । कार्यपालिकाको बैठकले प्रकोप व्यावस्थापन कोष स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

कोषको रकम विभिन्न स्वास्थ्य सामग्री खरीद गर्नेदेखि, राहत वितरण, उपचार खर्च तथा संक्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि खर्च गरिने गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले बताउनुभयो । गाउँपालिकाले एक हजार २६१ घरधुरीलाई राहत वितरण गरेको छ ।