२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास तथा रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र पूर्वअर्थसचिव रामेश्वर खनालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री बनाउने तयारी गर्नुभएको हो । प्रधानमन्त्री कार्की र घिसिङबीच यस विषयमा छलफलसमेत भइसकेको बताइएको छ ।

स्रोतका अनुसार घिसिङ तीन वटै मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुने निश्चित भएको छ ।

यसैगरी पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थ मन्त्री बनाउने टुंगो लागेको छ । देशको विकास खर्च सुस्त रहेको र अर्थतन्त्रको अवस्था सुधार गर्नुपर्ने भएकाले अनुभवी खनाललाई मन्त्रालयको साँचो दिन लागिएको हो ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन वितिसक्दा मन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । सरोकारवालाहरुसँग परामर्श जारी राखे पनि घिसिङ र खनाललाई भने मन्त्री बनाउने निश्चित भएको हो । तर अरु मन्त्रीको टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

विशेष गरी जेन–जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अड्किएको हो ।

विभिन्न समूहमा छलफल गरेर मन्त्रीहरूको नाम टुङ्ग्याउनुपर्ने चुनौती आएपछि प्रधानमन्त्रीले आज पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।

आजै केही मन्त्रीले सपथ ग्रहण गर्ने दाबी केही जेन–जीले गरेका थिए । तर दिनभर र साँझसम्ममा छलफल भइरहेको छ ।

यता मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले पनि मन्त्रिपरिषद्मा भाग खोजेपछि समस्या भएको छ । प्रसाईंलाई मन्त्री बनाउन केही जेन–जी युवाहरु तयार भएका छैनन् । यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहनिकटलाई पनि मन्त्रिपरिषद्मा राख्नुपर्ने बाध्यता छ ।

त्यसो त धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि आफ्ना मान्छेलाई मन्त्रिपरिषद्मा समायोजन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।




भर्खरै