१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवसायी महासङ्घको आग्रह



अ+ अ-

काठमाडौँ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ‘जेनजी पुस्ता’ को आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामान र हतियार सार्वजनिक सवारीसाधनमा ओसारपसार हुनसक्ने भन्दै ध्यान दिन आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामग्री र हतियार सार्वजनिक सवाकरीसाधनमा लैजान सक्ने अवस्था सृजना भएकाले त्यस्ता सामग्री कहीँ कसैले लगेको थाहा पाएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन सम्पूर्ण यातायात व्यवसायी तथा मजदुरलाई आग्रह गर्नुभएको हो ।

“जेनजी पुस्ताका युवा पुस्ताले आफ्ना माग पूरा गर्न आयोजना गरेको प्रदर्शनमा केही अराजक समूहको घूसपैठका कारण नेपाल प्रहरीका हातहतियार लुटपाट, व्यापारिक भवनबाट बहुमूल्य सामान लुटपाट गरी लगेको हुँदा त्यस्ता सामान सार्वजनिक सवारीसाधनमा लैजान सक्ने अवस्था सृजना भएकाले ध्यान दिनुपर्छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले जेनजी पुस्ताको आन्दोलनमा नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा क्षति पुगेको भन्दै क्षति पु¥याउने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुका साथै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

महासचिव गौतमले आजदेखि देशभरि सार्वजनिक सवारीसाधन कपूर्ववत् रुपमा सञ्चालन भएको समेत विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।रासस