१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी रेल दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

मस्को। रुसको पश्चिमी लेनिनग्राद क्षेत्रमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको भनिएको दुर्घटनामा एक रेल चालकको मृत्यु हुनुका साथै रेल यातायात अवरुद्ध भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् ।

रेल कसैको आक्रमणपछि दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको र अनुसन्धान पनि अघि बढाइएको कतिपय रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसको पश्चिमी ओरियोल क्षेत्रमा शनिबार राति भएको विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको केही घण्टापछि रेल दुर्घटना भभएको हो ।

गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोले टेलिग्राममा भन्नुभएको छ, “लेनिनग्रादको गाचिना जिल्लाको सेमरिनो स्टेशन नजिकै एउटा डिजेलबाट चल्ने रेल दुर्घटना भएपछि रिकभरीको प्रयास जारी छ ।

रेल चालकको मृत्यु भएको ड्रोज्डेन्कोले पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, “रेल चालक रेलको क्याबिनमा घाइते अवस्थामा फसेका चालकको उद्धार गरी उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको हो ।”

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट भिडियोमा एउटा रेलको डिब्बा ट्र्याकबाट केही मिटर टाढा रहेको देखिएको छ । “अन्वेषकहरूले सम्भावित तोडफोड भएको सम्बन्धमा अनुसन्धान गरिरहेका छन्,” उहाँले थप्नुभयो ।  (रासस/एएफपी)