३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा



अ+ अ-

भक्तपुर। जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरुप सेवा सुरु भएको बताउनुभयो ।

यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ । आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ ।

नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताउनुभयो । नगरपालिका सबै विद्यालय आजदेखि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख थापाले भन्नुभयो, “आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौं । वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् तर वडा नं ४ र ७ आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रुपमा जलेर क्षति भएकाले ती कार्यालय सञ्चालनमा आउन केही दिन लाग्ने छ ।”

वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीेको आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताउनुभयो ।

यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको दिनुभयो । रासस