६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा

भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा
अ+ अ-

भक्तपुर। जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरुप सेवा सुरु भएको बताउनुभयो ।

यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ । आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ ।

नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताउनुभयो । नगरपालिका सबै विद्यालय आजदेखि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख थापाले भन्नुभयो, “आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौं । वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् तर वडा नं ४ र ७ आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रुपमा जलेर क्षति भएकाले ती कार्यालय सञ्चालनमा आउन केही दिन लाग्ने छ ।”

वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीेको आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताउनुभयो ।

यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको दिनुभयो । रासस