२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सामान्य प्रशासन र खेलकूद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज

सामान्य प्रशासन र खेलकूद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज
अ अ+ अ-

काठमाडौँ। ‘जेनजी’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयमा कम क्षति भएको पाइएको छ ।

सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयको भूँइतलामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन ।

सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छभने आजदेखि अधिकांश कर्मचारी कार्यालयमा उपस्थित भएका छन् । “क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । नियमित रूपमा कार्यसञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण सङ्कलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले जानकारी दिनुभयो । सबै स्थानीय तहलाई सेवा प्रवाहमा वैकल्पिक व्यवस्था गर्न र क्षतिको विवरण जानकारी गराउन भनिएको उहाँले बताउनुभयो ।

“प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ । अन्य विवरण सङ्कलन भइरहेको छ । मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ । यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए”, सहसचिव पराजुलीले भन्नुभयो ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ । सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनका कारण युवा तथा खेलकूद मन्त्रालयमा पनि छिटफुटबाहेक धेरै क्षति भएको छैन । यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ । सहसचिव सुवास शिवाकोटीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताउनुभयो ।

यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा चार वटामा क्षति भएको छैन । मन्त्री आवासस्थल भैसीपाटीमा मन्त्री चढ्ने दुई वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन् ।

“मन्त्रालय भवनका एकाध सिसा भने फुटेका छन् । परिसरमा अन्य क्षति भएको छैन । त्यसैले यथाअवस्थामा कार्यालय सञ्चालनमा कुनै समस्या देखिएको छैन”, उहाँले भन्नुभयो,“मातहतका कार्यालयमा  पनि ठूलो क्षति भएको छैन । कामको प्रारम्भ गरिसकेका छौँ । सरसफाई एवम् मुचुल्काको काम पनि भइरहेको छ । सवारीसाधनको क्षतिका सन्दर्भमा बीमा दाबीलगायत विषयमा प्रारम्भिक विवरण तयारी भइरहेको छ ।”

मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र  सचिवको कार्यकक्षको सिसा फुटेको छ । केही झ्यालको पर्दा जलेको  छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ । मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ ।

मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव शिवाकोटीले जानकारी दिनुभयो । रासस