१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन मन्त्रालयको काम नियमित



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेनजी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आज २९ गतेदेखि नियमित रूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् ।

मन्त्रालयले सामान्यका काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयमा धेरै क्षति भएको छैन । भूँइतलाको केही भm्यालका सिसा फुटेका छन् । केही गाडीमा क्षति भएको छ । त्यसबाहेक खासै समस्या भएको छैन । आज मन्त्रालयमा पुग्दा सचिव हरिप्रसाद मैनाली कार्यकक्षमा नियमित काम र भेटघाटनमा व्यस्त हुनुहुन्थ्यो । मन्त्रालयका विभागीय, मातहत निकायका प्रमुखले आ–आफ्नो कार्यालयको ब्रिफिङ गरिरहनुभएको थियो । मन्त्रालयका अधिकांश कर्मचारी कार्यालयमै थिए ।

मन्त्रालयअन्तर्गतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो भवनमा भने आगजनी भएको छ । बबरमहल कार्यालयका कर्मचारीले सिनामङ्गलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा काम गरिरहेका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार प्रशासन, अर्थ, आन्तरिक लेखापरीक्षण र गुणस्तर, ‘कम्युनिकेशन नेभिगेशन’, अग्नी निवारण, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, कानुन शाखा, ‘एटीएम’ विभाग र महानिर्देशकको सचिवालयलगायत संरचना आगजनीबाट जलेर ध्वस्त भएका छन् । केन्द्रीय पुस्तकालय र स्टोरमा भएका सम्पूर्ण सामग्री जलेर नस्ट भएका छन् । १२ भन्दाबढी सावरीसाधन जलेका छन् ।

कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न प्राधिकरणका प्रवक्ता बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको प्रवक्त भूलले जानकारी दिनुभयो । कार्यालयमा भएको क्षतिको विवरणबारे मूल्याङ्कन गरेर प्रतिवदेन बुझाउन १५ दिनको समय दिइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण काम सामान्य रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले नियमित काम सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार विभागमा पनि कुनै क्षति भएको छैन । कार्यालयका दुई वटा गाडीमा क्षति पुगेको छ । रासस