१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको एक महिना पुरा, संक्रमितको सख्या ४५ पुग्यो



अ+ अ-

काठमाडौ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटक थप भएर बैशाख १५ गतेसम्म पुर्याइएको छ ।

लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ । ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । लक डाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेको छैन् । सवारी साधन बन्द भएपनि हिडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ ।

उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्रि गल्लिहरुमा केही खाद्यन्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ ।