६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अन्तरिम सरकारसँग जनताको मागः कालोधन र भ्रष्टाचार छानविन गरी राष्ट्रियकरण होस्

अन्तरिम सरकारसँग जनताको मागः कालोधन र भ्रष्टाचार छानविन गरी राष्ट्रियकरण होस्
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसँग सर्वसाधारणले निर्वाचनसँगै भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गर्नुभएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण बनेको कार्की नेतृत्वको सरकारसँग सार्वसाधरणले नागरिकले सुशासनको अपेक्षा गर्नुभएको हो । उहाँहरुले २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचारको छानविन गर्नको लागि न्यायिक आगोग गठन गर्नुपर्ने माग राख्नुभएको छ । भ्रष्टाचार र कालोधनलाई खोजेर राष्ट्रियकरण गर्नुपर्ने उहाँहरुको प्रमुख माग छ ।

बागबजारका नविन थापाले जेनजीले उठाएको मुख्य मुद्दा भ्रष्टचार भएकोले देशमा भएका कालोधनलाई खोजेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । उहाँले आन्दोलनका क्रममा सार्वजानिक तथा व्यक्तिगत सम्पतीमा ठूलो क्षति पुगेको उल्लेख गर्नुहुँदै क्षति गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन बाहेक जेनजीले उठाएको मुख्य मुद्दा भ्रष्टचार कुरा छ । यसलाई हेर्नुप¥यो । हाम्रा देशका जतिपनि काला धनहरु कहाँ छुपेका छन्, देशमा किन यो आर्थिक तरलता भइरहेको छ । यो कुरालाई विशेष ध्यान दिने हो । यो संगसंगै आन्दोलनको गतिविधि जुन छ, हाम्रो सरकारी भवनहरु भत्काईएका छन्, नेताको घर भत्काउनु त ठिकै थियो । व्यक्तिगत सम्पतीहरु, कतिले बाहिर गएर कमाएको हुन्छ, व्यक्तिगत सम्पती र सरकारी सम्पतीमा जुन खालको क्षति गरेका छन् । अब यो कुन तत्वले ग¥यो, जेनजीले ग¥यो कि अरुले ग¥यो । यिनिहरुको चाहीँ प्रस्टसँग छानविन गरेर कारबाही हुनुपर्छ ।’

अनिम अमात्यको धाराणा पनि थापाको जस्तै छ । उहाँले पनि कालोधनलाई खोजीनिति गरेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कालोधन करप्सन जतिपनि छ, त्यसलाई खोजीनिती गरेर जतिपनि भेटिएको छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ ।’

पर्वत घर भई हाल कीर्तिपुर बस्ने नारायण सुवेदीले भने ५ महिना भित्रमा निर्वाचन हुनेमा नै शंका गर्नुभयो । उहाँले देशमा संक्रमणकालिन अवस्था सिर्जना भएकोले फागुन २१ गते निर्वाचन गर्न मुस्किल भएको बताउनुभयो । संक्रमणकालिन अवस्थालाई मुर्त रुप लिन समय लाग्ने र राजनितिक दलहरुलाई पनि मिलाउनुपर्ने अवस्था रहेकोले निर्वाचन हुन नै असम्भव रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘यो ६ महिनामै निर्वाचन हुन्छ जस्तो चाहीँ मलाई लाग्दैन है । यति धेरै संक्रमणकालिन अवस्था सिर्जना भएको छ, राज्यमा । यो संक्रमणकालिन अवस्थालmाई नै मूर्त रुप लिन केही समय लाग्छ, अनि पार्टी, दलहरु मिलाउनुपर्ने अवस्था छ । अन्तरिक सरकारलाई छ महिना फागुन २१ गतेको समय जुन दिइएको छ, त्यो समयभित्र राज्य अलि व्यवस्थित भएको भए त सम्भव थियो । तर राज्य नै अव्यवस्थित छ ।’ 

उहाँले युवाको माग अनुसार राज्यले निकास पाउनुपर्नेमा जोड दिनुभयो । संगिता सिलवालले आन्दोलनमा मृत्यू र घाईते भएकाहरुलाई न्याय दिनुपर्ने बताउनुभयो । एउटा न्यायिक आयोग गठन गरेर २०४६ सालदेखी भ्रष्टाचार गरेका नेताहरुलाई कारबाही गनुपर्ने उहाँको भनाई छ ।