२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेश देउलाले फेला परेको पाँच लाखभन्दा बढी रकम प्रहरीलाई बुझाए



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–११ बस्ने ३७ वर्षीय सुरेश देउलाले बाटोमा फेला पारेको ठूलो रकम जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाएका छन् ।

प्रहरीका अनुसार देउलाले नेपाल राष्ट्र बैंक नयाँ बानेश्वरमा भएको लुटपाटपछि बाटोमा खसेको शंका गरिएका नगद संकलन गरेका थिए । उनले रु ५०० दरका नयाँ नोटमध्ये रु ५ लाख र अतिरिक्त खुद्रा रु १० हजार ५ सय रुपैयाँ टिपेर आइतबार प्रहरीसमक्ष बुझाएका हुन् ।

प्रहरीले फेला परेको नगद प्रमाणसहित सुरक्षित राखिएको र आवश्यक छानबिन भइरहेको जनाएको छ । सो लुटपाट प्रकरणबारे अनुसन्धान अघि बढाइरहेको प्रहरीले ईमानदार नागरिक सुरेश देउलालाई सहयोगका लागि धन्यवाद दिएको छ ।