२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दुरी कायम गर्दै राप्रपा अध्यक्षहरुको बैठक बुढानिलकण्ठमा



अ+ अ-

काठमाडौं । लकडाउनको आचार संहिता पालना गर्दै राप्रपाका ३ अध्यक्षहरुको बैठक आज बिहान अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बसेको छ । बैठकमा कोरोना भाईरसको महामारी, देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि बारे छलफल र विचार विमर्श भएको छ ।

राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकता भए लगत्तै कोरोना भाइरसको विश्वव्यापी संक्रमण र त्यसको असर नेपालमा पनि देखिन थालेपछि सरकारले देशभर लकडाउन गर्ने निर्णय गर्दा राप्रपा एकताको बाँकी काम र आन्तरिक व्यवस्थापन अधुरो रहेको छ । लकडाउनको बितेका एक महिनामा राप्रपाका तीन अध्यक्षहरुको सामाजिक सञ्जालमा भिडियो संवाद हुने, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारको प्रयासको समीक्षा गर्ने, धारणा बनाउने, स्वदेश तथा विदेशका पार्टी सदस्यसंग छलफल र अन्तर्क्रिया गर्ने र समसामयिक विषयमा संयुक्त वक्तव्य जारी गर्ने काम हुँदै आइरहेको छ ।

तर लकडाउनको समय सीमा टुंगो नहुँदा राप्रपाका अध्यक्षहरु पार्टीलाई चलायमान बनाउने निश्कर्षमा पुगेका छन् । अध्यक्षहरुको आजको बैठकमा लकडाउनको आचारसंहितामा रहेर अब पार्टीको आन्तरिक गतिविधि विस्तारै अघि बढाउँदै जाने र छलफलको दायरा फराकिलो बनाउन चुस्त समिति निर्माण गर्ने तयारी भइरहेको सो पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताएका छन् ।