१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दुरी कायम गर्दै राप्रपा अध्यक्षहरुको बैठक बुढानिलकण्ठमा



अ+ अ-

काठमाडौं । लकडाउनको आचार संहिता पालना गर्दै राप्रपाका ३ अध्यक्षहरुको बैठक आज बिहान अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बसेको छ । बैठकमा कोरोना भाईरसको महामारी, देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि बारे छलफल र विचार विमर्श भएको छ ।

राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकता भए लगत्तै कोरोना भाइरसको विश्वव्यापी संक्रमण र त्यसको असर नेपालमा पनि देखिन थालेपछि सरकारले देशभर लकडाउन गर्ने निर्णय गर्दा राप्रपा एकताको बाँकी काम र आन्तरिक व्यवस्थापन अधुरो रहेको छ । लकडाउनको बितेका एक महिनामा राप्रपाका तीन अध्यक्षहरुको सामाजिक सञ्जालमा भिडियो संवाद हुने, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारको प्रयासको समीक्षा गर्ने, धारणा बनाउने, स्वदेश तथा विदेशका पार्टी सदस्यसंग छलफल र अन्तर्क्रिया गर्ने र समसामयिक विषयमा संयुक्त वक्तव्य जारी गर्ने काम हुँदै आइरहेको छ ।

तर लकडाउनको समय सीमा टुंगो नहुँदा राप्रपाका अध्यक्षहरु पार्टीलाई चलायमान बनाउने निश्कर्षमा पुगेका छन् । अध्यक्षहरुको आजको बैठकमा लकडाउनको आचारसंहितामा रहेर अब पार्टीको आन्तरिक गतिविधि विस्तारै अघि बढाउँदै जाने र छलफलको दायरा फराकिलो बनाउन चुस्त समिति निर्माण गर्ने तयारी भइरहेको सो पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताएका छन् ।