१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तानसेन सीमेन्टले चाल्यो कोरोनाविरुद्ध कदम



अ+ अ-

काठमाडौं । विश्वव्यापीमहामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथामएवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।

सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानीमा अबस्थित पाल्पातान्सेन सीमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा विषादी छरिएको छ । खानी स्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पासिमेन्ट ई. प्रा.ली ले ४०१,००० को चेक माथागढी गापाका कार्याकारी प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

साथै, सुनवल नगरपालिकाको दैवीप्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि श्री पाल्पा सिमेन्ट प्रा.लि.ले २११,१११ रुपैया सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर श्री जीवन प्रकाश निरौला लगायतका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भएको थियो ।