२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तानसेन सीमेन्टले चाल्यो कोरोनाविरुद्ध कदम



अ+ अ-

काठमाडौं । विश्वव्यापीमहामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथामएवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।

सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानीमा अबस्थित पाल्पातान्सेन सीमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा विषादी छरिएको छ । खानी स्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पासिमेन्ट ई. प्रा.ली ले ४०१,००० को चेक माथागढी गापाका कार्याकारी प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

साथै, सुनवल नगरपालिकाको दैवीप्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि श्री पाल्पा सिमेन्ट प्रा.लि.ले २११,१११ रुपैया सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर श्री जीवन प्रकाश निरौला लगायतका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भएको थियो ।