६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको कहरबीच नै बजेट अधिवेशनको तयारी

कोरोनाको कहरबीच नै बजेट अधिवेशनको तयारी
अ+ अ-

काठमाडौँ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो । संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ । आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको हो । सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले आवश्यक सुरक्षात्मक उपायसहित बैठक सञ्चालनको तयारी र व्यवस्थापन भइरहेको बताए । उनले कोरोना सङ्क्रमण जोखिमलाई समेत ध्यानमा राखेर हामीले भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन लगायतका काम अगाडि बढाइरहेका छौँ ।

बैठक कक्षलाई सुरक्षित बनाउन अन्य उपाय पनि अवलम्बन हुनेछन् । यो अधिवेशनमा संयुक्त बैठक समेत बस्ने भएकाले दुवै सदनका माननीयहरूलाई पर्याप्त स्थान हुनेगरी बैठक कक्ष व्यवस्थापनको काम भइरहेको छ भने । सङ्घीय संसद् भवनको प्रतिनिधि सभा बैठक कक्षलाई नै कोरोना सङ्क्रमण जोखिम कम गर्नेगरी बैठक कक्ष व्यवस्थापन गरिनेछ । हाल प्रतिनिधि सभातर्फ सदस्यहरूलाई छुट्टयाइएका ३९० सिट छन् । यस्तै, प्रदेश सभाबाट अध्ययनका लागि आउने सदस्यहरू तथा कर्मचारीका लागि पछिल्लो स्थानमा छुट्टयाइएका करिब दुई सय हाराहारामी कुर्सी छन् । सचिवालयले अब अघिल्लो स्थानमा रहेका कुर्सीमा एक स्थान खाली राखेर बस्ने गरी व्यवस्थापन गर्न लागेको हो । एक सांसद बसेपछि बीचमा एक सिट खाली गरिनेछ । बैठक कक्षको पछिल्लो स्थानमा भने निश्चित दूरी खाली राखेर व्यवस्थापन गरिनेछ ।

अहिले भने बैठक कक्षको दायाँ बायाँको स्थानलाई खुला राखेर पनि संयुक्त बैठक सहज रूपमा सञ्चालन हुने अवस्था थियो तर भौतिक दूरी कायम गर्दा भने हलको सबै क्षेत्रमा कुर्सी व्यवस्थापन आवश्यक पर्नेछ । पहिलो र दोस्रो संविधान सभामा भने उक्त हलमा ६०१ जना सदस्यको व्यवस्थापन भएको थियो । यसअघि सोमबार राष्ट्रिष्य सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक कक्षको अनुगमन गरी कोरोना जोखिम न्यूनीकरण हुनेगरी व्यवस्थापनका लागि निर्देशन दिएका थिए । अध्यक्ष तिमिल्सिनाले भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन गर्न निर्देशन दिएका थिए । यस्तै, बैठकमा उपस्थित सदस्यका लागि मास्क, सेनिटाइजर र सम्भव भएसम्म परिसरमा स्क्यानिङ मेसिनको व्यवस्था गर्न पनि निर्देशन दिएका थिए।

ई–पार्लियामेन्ट सम्बन्धी प्रतिवेदन पेस: सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार सचिवालयले ई–पार्लियामेन्ट सम्बन्धी प्रतिवेदन बुझाएको छ । सचिवालय सचिव श्रुवप्रसाद घिमिरेकोे संयोजकत्वको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरेको हो । समितिले तीन जनाभन्दा बढी प्रयोगकर्ताले एकैपटक प्रयोग गर्नसक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको कक्ष बनाउन तथा डेटा स्टोरेजको व्यवस्था गर्नेगरी व्यवस्था गर्न सुझाएको छ । आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी यस प्रविधिलाई सञ्चालनमा ल्याउन करिब १० दिनको समय लाग्न सक्ने समितिको निष्कर्ष छ । सुझाव अनुसारको तयारी कार्यलाई शीघ्र अगाडि बढाउन सचिवालयले जनाएको छ । गोरखापत्र दैनिक