१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा कर्फ्यू हटयो, जनजीवन सामान्य बन्दै



अ+ अ-

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि लागू हुनेगरी कर्फ्यू आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहँुदासम्मका लागि कर्फ्यू आदेश हटाइएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(१) र ६(३) बमोजिम लगाइएको निषेधाज्ञा भने भोलि बिहान ५ः०० बजेसम्मका लागि निरन्तरता दिइएको छ ।

निषेधाज्ञामा उल्लेख भएका स्थानसहित आवश्यक सर्तको पालना गर्नहुन उहाँले सबैलाई आग्रह गर्नुभयो । आज दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् ।रासस