३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा कर्फ्यू हटयो, जनजीवन सामान्य बन्दै



अ+ अ-

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि लागू हुनेगरी कर्फ्यू आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहँुदासम्मका लागि कर्फ्यू आदेश हटाइएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(१) र ६(३) बमोजिम लगाइएको निषेधाज्ञा भने भोलि बिहान ५ः०० बजेसम्मका लागि निरन्तरता दिइएको छ ।

निषेधाज्ञामा उल्लेख भएका स्थानसहित आवश्यक सर्तको पालना गर्नहुन उहाँले सबैलाई आग्रह गर्नुभयो । आज दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् ।रासस