३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् ।

‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारीसाधन आज बिहानदेखि सञ्चालनमा आएका हुन् ।

‘जेनजी’को प्रदर्शनका कारण गत मङ्गलबारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“आज बिहानदेखि सार्वजनिकलगायत सवारीसाधन सञ्चालनमा आएका छन्”, उहाँले भन्नुभयो, “महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारीसाधन छुट्न थालेका छन ।”

यसैबीच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलबारदेखि लगाइएको कर्फ्यू आइतबार बिहानदेखि पूर्ण रूपमा हट्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यू हट्ने उल्लेख छ । शनिबार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बडेको छ ।रासस