१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाछोरीको डुबेर मृत्यु



अ+ अ-

दाङ। लमही नगरपालिका-१ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही-१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसोखोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो ।

घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।