२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको जनजीवन सामान्य बन्दै



अ+ अ-

बैतडी। जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कफ्र्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू तथा निषेधाज्ञा आदेश हटाइएकोे उल्लेख छ ।

सार्वजनिक सूचनामा भनिएको छ, “यही भद्रौ २३ र २४ गते जेनजी नेतृत्वद्वारा गरिएको प्रदर्शनपछि सिर्जित अवस्थाका कारण जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने उद्देश्यले जिल्लाभरि कफ्र्यू तथा निषेधाज्ञा जारी राखिएकामा स्थिति सामान्य हुँदै गएकाले आजदेखि अर्को सूचना नभएसम्म उक्त कफ्र्यू तथा निषेधाज्ञा हटाइएको व्यहोरा सूचित गरिन्छ ।”

साथै जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबैमा जिल्ला सुरक्षा समितिले अनुरोधसमेत गरेको छ ।

यसैबीच निषेधाज्ञा र कफ्र्यू हटेसँगै यहाँको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार आज सार्वजनिक यातायात सञ्चालन भएका छन् भने बजार क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ । रासस