१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको जनजीवन सामान्य बन्दै



अ+ अ-

बैतडी। जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कफ्र्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू तथा निषेधाज्ञा आदेश हटाइएकोे उल्लेख छ ।

सार्वजनिक सूचनामा भनिएको छ, “यही भद्रौ २३ र २४ गते जेनजी नेतृत्वद्वारा गरिएको प्रदर्शनपछि सिर्जित अवस्थाका कारण जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने उद्देश्यले जिल्लाभरि कफ्र्यू तथा निषेधाज्ञा जारी राखिएकामा स्थिति सामान्य हुँदै गएकाले आजदेखि अर्को सूचना नभएसम्म उक्त कफ्र्यू तथा निषेधाज्ञा हटाइएको व्यहोरा सूचित गरिन्छ ।”

साथै जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबैमा जिल्ला सुरक्षा समितिले अनुरोधसमेत गरेको छ ।

यसैबीच निषेधाज्ञा र कफ्र्यू हटेसँगै यहाँको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार आज सार्वजनिक यातायात सञ्चालन भएका छन् भने बजार क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ । रासस