२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनमै कोरोना जित्ने ८१ वर्षिया वृद्धा



अ+ अ-

काठमाडौं । ८१ वर्षिया वृद्धाले कोरोनाविरुद्धको लडाईमा १० दिनमै जित निकाल्दै घर फर्किएकी छन् । यसअघि बागलुङकी ६५ वर्षिया वृद्धाले कोरोनाविरुद्ध जित १८ दिनमा निकालेकी थिइन् । तर, छोटो समयमै वृद्ध उमेरमा जित निकाल्ने उनि नेपालकी पहिलो महिला हुन् । विहिवारमात्रै तीन जना कोरोना सक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै कोरोनामुक्त हुनेको सख्या १० पुगेको छ । विहिवार कोरोनामुक्त हुनेमा काठमाडौं सनसिटीमा बस्ने दुई जना र कैलालीकी एक ६५ वर्षिया महिला रहेका छन् । सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट निको भएर घर पुग्दा टाढाटाढा रहेका परिवार समेत पर्खेर बसेका थिए ।

१० दिनको अस्पताल बसाईपछि बिहीबार डिस्चार्ज भएर घर नपुग्दै वृद्धा फोन र भिडियोकलबाट आफन्तको बधाई लिन भ्याईनभ्याई थियो । कोरोनामुक्त भएकै दिन आमा औंसी पनि परेकाले उनलाई शुभकामना दिनेको सख्या धेरै थियो । उनीसँगै उनका ५८ वर्षीय छोरा पनि संक्रमणलाई जितेर घर फर्किएका छन् । त्यसैले पनि वृद्धा निकै खुसी भएको उनकी बुहारीले बताइन् । चैतको पहिलो साता लण्डनबाट फर्किएका तीन जना मध्ये दुई जनामा कोरोना संक्रमण देखिएको थियो । निको भएपछि आमा छोरा पेप्सीकोलास्थित सनसिटीको आफ्नै अपार्टमेन्टमा बसेका छन् । छोटो समयमै कोरोनालाई जितेको भन्दै परिवारमा खुसी छाएको छ ।

यसैगरी, धनगढीमा कोरोना संक्रमणको उपचार गराइरहेकी ६५ वर्षिया पाना विक पनि कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । बीरगञ्जमा चिया व्यापार गर्ने उनी लकडाउन सुरु भए पछि धनगढी पुगेकी थिइन् । क्वारेन्टाइनमा रहेकी उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पाइएको थियो । लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । सौर्य दैनिक