१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनमै कोरोना जित्ने ८१ वर्षिया वृद्धा



अ+ अ-

काठमाडौं । ८१ वर्षिया वृद्धाले कोरोनाविरुद्धको लडाईमा १० दिनमै जित निकाल्दै घर फर्किएकी छन् । यसअघि बागलुङकी ६५ वर्षिया वृद्धाले कोरोनाविरुद्ध जित १८ दिनमा निकालेकी थिइन् । तर, छोटो समयमै वृद्ध उमेरमा जित निकाल्ने उनि नेपालकी पहिलो महिला हुन् । विहिवारमात्रै तीन जना कोरोना सक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै कोरोनामुक्त हुनेको सख्या १० पुगेको छ । विहिवार कोरोनामुक्त हुनेमा काठमाडौं सनसिटीमा बस्ने दुई जना र कैलालीकी एक ६५ वर्षिया महिला रहेका छन् । सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट निको भएर घर पुग्दा टाढाटाढा रहेका परिवार समेत पर्खेर बसेका थिए ।

१० दिनको अस्पताल बसाईपछि बिहीबार डिस्चार्ज भएर घर नपुग्दै वृद्धा फोन र भिडियोकलबाट आफन्तको बधाई लिन भ्याईनभ्याई थियो । कोरोनामुक्त भएकै दिन आमा औंसी पनि परेकाले उनलाई शुभकामना दिनेको सख्या धेरै थियो । उनीसँगै उनका ५८ वर्षीय छोरा पनि संक्रमणलाई जितेर घर फर्किएका छन् । त्यसैले पनि वृद्धा निकै खुसी भएको उनकी बुहारीले बताइन् । चैतको पहिलो साता लण्डनबाट फर्किएका तीन जना मध्ये दुई जनामा कोरोना संक्रमण देखिएको थियो । निको भएपछि आमा छोरा पेप्सीकोलास्थित सनसिटीको आफ्नै अपार्टमेन्टमा बसेका छन् । छोटो समयमै कोरोनालाई जितेको भन्दै परिवारमा खुसी छाएको छ ।

यसैगरी, धनगढीमा कोरोना संक्रमणको उपचार गराइरहेकी ६५ वर्षिया पाना विक पनि कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । बीरगञ्जमा चिया व्यापार गर्ने उनी लकडाउन सुरु भए पछि धनगढी पुगेकी थिइन् । क्वारेन्टाइनमा रहेकी उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पाइएको थियो । लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । सौर्य दैनिक