२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमै फेल



अ+ अ-

कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी मानिएको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमा फेल भएको भएको खबर छ । यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको जानकारी पाइएको हो ।

रिपोर्टका अनुसार कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधी दिइयो भने बाँकी ७९ लाई प्लेसीबो । एक महिनापछि उक्त औषधी लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भयो ।

रिपोर्टका अनुसार रेमडेसिवियर औषधी दिएका बिरामीको रगतमा भाइरस कम भएनन् । यो फेल भएको रिपोर्ट विश्व स्वास्थ्य संगठनले विस्तारपूर्वक प्रकाशित गरेको थियो यद्यपि, पछि डब्ल्यूएचओले उक्त ड्राफ्ट गल्तीपूर्वक अपलोड भएको बताउँदै रिपोर्ट हटाएको छ ।