१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक ११ बजे बस्दै, लकडाउनको अवधि लम्ब्याउने निर्णय हुनसक्ने



अ+ अ-

काठमाडौँ । अहिले केही बेरपछि मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । विकिपत पछिल्लो राजीतिक घटनाक्रमबीच बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ । समाचार स्रोतकाअनुसार मन्त्रिपरिषद बैठकमा दुई दिनअघि जारी भएका दुई ओटा विवादास्पद अध्यादेशहरु खारेजीका लागि राष्टपतिलाई सिफारिश गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।

फाइल तस्बिर

त्यस्तै यही वैशाख १५ गतसम्मका लागि रहेको लकडाउनको अवधिका बारेमा पनि सो मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ । स्रोतकाअनुसार मन्त्रिपरिषदले थप एक हप्ता लकडाउनको समय थप्नसक्ने बुझिएको छ । बालुवाटार स्रोतकाअनुसार अहिले ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बिहीबार साँझ भैँसेपाटीमा बसेका नेकपाका ९ मध्येका ६ जना सचिवालय सदस्यहरुले २४ घन्टाभित्र अध्यादेशहरु फिर्ता नलिएर शनिबार स्थायी समितिको बैठक बसेर यस विषयमा निर्णय गर्ने चेतावनी प्रधानमन्त्री केपी ओलीलाइ दिएका छन् ।