२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक ११ बजे बस्दै, लकडाउनको अवधि लम्ब्याउने निर्णय हुनसक्ने



अ+ अ-

काठमाडौँ । अहिले केही बेरपछि मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । विकिपत पछिल्लो राजीतिक घटनाक्रमबीच बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ । समाचार स्रोतकाअनुसार मन्त्रिपरिषद बैठकमा दुई दिनअघि जारी भएका दुई ओटा विवादास्पद अध्यादेशहरु खारेजीका लागि राष्टपतिलाई सिफारिश गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।

फाइल तस्बिर

त्यस्तै यही वैशाख १५ गतसम्मका लागि रहेको लकडाउनको अवधिका बारेमा पनि सो मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ । स्रोतकाअनुसार मन्त्रिपरिषदले थप एक हप्ता लकडाउनको समय थप्नसक्ने बुझिएको छ । बालुवाटार स्रोतकाअनुसार अहिले ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बिहीबार साँझ भैँसेपाटीमा बसेका नेकपाका ९ मध्येका ६ जना सचिवालय सदस्यहरुले २४ घन्टाभित्र अध्यादेशहरु फिर्ता नलिएर शनिबार स्थायी समितिको बैठक बसेर यस विषयमा निर्णय गर्ने चेतावनी प्रधानमन्त्री केपी ओलीलाइ दिएका छन् ।