१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको नगद र गरगहनासहित एकजना नियन्त्रणमा



अ+ अ-

काभे्रपलाञ्चोक। बिपी राजमार्ग अन्तर्गत यहाँको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम र सुनको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आज दिउँसो काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नं को विद्युतीय गाडीमा नगद तीन लाख ५० हजार ३०० रुपैयाँ र १२ लाख २६ हजार ९४ रुपैयाँ उनन्चालिस पैसा बराबरको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेशकुमार यादवलाई नगद र गरगहनासहित नियन्त्रणमा लिइएको हो । “यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ”, प्रनाउ घलेले भन्नुभयो ।

यादवको साथबाट बरामद गरेको गरगहनामा हालको बजार मूल्यअनुसार एक लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा पर्ने ७५ लालको छड्के तिलहरी थान–१, दुई लाख ५९ हजार २१ रुपैयाँ पर्ने १२ दशमलव ६ लालको मंगलसुत्र थान–१, तीन लाख तीन हजार ९६९ रुपैयाँ ६४ पैसा पर्ने ६३ दशमलव तीन लालको बेरुवा औँठी थान–१ र पाँच लाख एक हजार २०५ रुपैयाँ ६३ पैसा पर्ने सिक्री थान ३ रहेको प्रहरीले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस