३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको नगद र गरगहनासहित एकजना नियन्त्रणमा



अ+ अ-

काभे्रपलाञ्चोक। बिपी राजमार्ग अन्तर्गत यहाँको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम र सुनको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आज दिउँसो काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नं को विद्युतीय गाडीमा नगद तीन लाख ५० हजार ३०० रुपैयाँ र १२ लाख २६ हजार ९४ रुपैयाँ उनन्चालिस पैसा बराबरको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेशकुमार यादवलाई नगद र गरगहनासहित नियन्त्रणमा लिइएको हो । “यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ”, प्रनाउ घलेले भन्नुभयो ।

यादवको साथबाट बरामद गरेको गरगहनामा हालको बजार मूल्यअनुसार एक लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा पर्ने ७५ लालको छड्के तिलहरी थान–१, दुई लाख ५९ हजार २१ रुपैयाँ पर्ने १२ दशमलव ६ लालको मंगलसुत्र थान–१, तीन लाख तीन हजार ९६९ रुपैयाँ ६४ पैसा पर्ने ६३ दशमलव तीन लालको बेरुवा औँठी थान–१ र पाँच लाख एक हजार २०५ रुपैयाँ ६३ पैसा पर्ने सिक्री थान ३ रहेको प्रहरीले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस