२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाट गरिएका सामान फिर्ता गर्न कास्की प्रशासनको आग्रह



अ+ अ-

कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले जेनजीको प्रदर्शनका क्रममा सार्वजनिक निकाय तथा निजी सम्पत्ति लुटिएकाले ती सामान फिर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी लुटिएका सामग्रीसहित लुट्ने व्यक्तिका दृश्यहरू प्रहरीको सोधपुछ, सिसी क्यामेरा फुटेज र सामाजिक सञ्जालमार्फत पहिचान भइसकेकाले ती सामग्रीहरु तत् निकाय वा नजिकको प्रहरी इकाईमा बुझाइदिनुहुन अनुरोध गरेको हो ।

लुटपाटमा संलग्न व्यक्ति र सामग्रीहरु लुकाइएका स्थानसमेत पहिचान गर्ने काम भइरहेकाले लुटिएका सामग्री फिर्ता नगर्नेलाई कानुनी दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

यही भदौ २३ र २४ गतेको प्रदर्शनपछि विभिन्न सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल तथा राजनीतिक दलका कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाटका गतिविधि भएका प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आन्दोलनका क्रममा सरकारी तथा अर्थसरकारी निकाय, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा प्रहरी चौकीहरुबाट हातहतियार, सञ्चार उपकरण, फर्निचर, कम्प्युटर, ल्यापटप, मोबाइल, भाँडाकुँडालगायत सामग्री लुटपाट भएका छन् ।

जेनजी प्रदर्शनको क्रममा पोखराका सङ्घ, प्रदेश तथा स्थानीय सरकारका कार्यालयहरु, होटल तथा प्रहरी चौकीहरुमा आगजनी तथा तोडफोड र लुटपाट गरिएको थियो । यहाँका पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी गरिएको छ । रासस